सौर्य वाटर पम्पबाट सिँचाइ सुविधा


March 01, 2016

सुर्खेत ९ताउले०, १४ फागुन । जिल्लाको ताउलेस्थित सीताराम कृषि समूहले ताउले छिन्चुमा एक हजार २०० वाट क्षमताको ताउले सोलार लिफ्ट सिँचाइ योजना जडान सम्पन्न गरेको छ ।

जनसङ्ख्या तथा वातावरण मन्त्रालयअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा विनरक इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग, युएसएआइडीको किसान परियोजना र भेरी गङ्गा नगरपालिका सुर्खेतको आर्थिक सहयोग तथा साना किसान कृषि सहकारी ताउलेको ऋण सहयोगमा उक्त परियोजना सम्पन्न भएको हो ।
पम्प जडानपछि यहाँका आठ साना किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसबाट २१ रोपनी जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको आज यहाँ आयोजित उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।

पम्पबाट दैनिकरुपमा औसत १० हजार लिटर पानी निकाली सिँचाइमा लगाउने गरिएको छ । पम्प जडान भएको छ महिनाको अवधिलाई हेर्दा सिँचाइ सुविधा उपलब्ध भएपछि जमिनको उर्बरा शक्तिमा सुधार आई उत्पादकत्वको वृद्धि भएको स्थानीय किसानको भनाइ छ ।

पम्पको जडानपछि कृषि उत्पादन वृद्धि, कृषिमा लगानी अभिवृद्धि र पानीको खपतमा वृद्धि भएकाले किसान निर्वाहमुखी खेतीबाट विस्तारै नगदेबाली तथा व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधाले अन्नबाली उत्पादनमा सकारात्मक वृद्धि आउनुको साथै बालीमा विविधीकरण र तरकारीखेती गरी आयआर्जनमा वृद्धि भएको छ र उनीहरूको जीवनस्तरमा सुधार ल्याएको छ ।

यस परियोजनाबाट हालसम्म देशका विभिन्न स्थानमा आठवटा सोलार पम्प सिँचाइ योजना जडान भई सञ्चालनमा रहेको वैकल्पि ऊर्जा प्रवद्र्धन केन्द्रले जनाएको छ ।

रु पाँच लाख २० हजारमा जडान गरिएको उक्त पम्पमा ६० प्रतिशत स्थानीय कृषक र अन्य रकम सहयोगी संस्थाको रहेको आयोजित कार्यक्रममा जानकारी दिइयो ।

परियोजनाको आज जनसङ्ख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले उद्घाटन गर्दै जनताको सहभागिता भएमा मुलुक ऊर्जामा आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

यस्ता परियोजना सम्पन्न गर्न वित्तीय संस्थाहरूले गाउँगाउँमा लगानी बढाउनुपर्ने बताउँदै मन्त्री पासवानले यस्ता प्रविधिले सिँचाइ सुविधाको अभावमा देशका अधिकांश किसान अहिले पनि मनसुन वर्षामा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस


Tuesday, March 01 , 2016  |   मंगलबार, फाल्गुण १८, २०७२ |  १९:५०:२४
As Published in Setopati.com
 


For more information please visit: http://kinmel.setopati.com/krishi/33775/

    Events Calendar



    Where We Work




    Subscribe